चुलाचुली माध्यमिक विद्यालयमा स्वागत छ
तांखुवा, धनकुटामा अवस्थित सामुदायिक विद्यालय — वि.सं. २०१९ देखि गुणस्तरीय शिक्षामा समर्पित
हाम्रोबारे जान्नुहोस्
Our Story
चुलाचुली माध्यमिक विद्यालय वि.सं. २०१९ सालमा तांखुवा, धनकुटामा समुदायको सक्रिय सहभागितामा स्थापना भएको सामुदायिक शैक्षिक संस्था हो। स्थापना कालदेखि नै यस विद्यालयले स्थानीय बालबालिकालाई पहुँचयोग्य, गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ।
हाल विद्यालयले ECD देखि कक्षा १० सम्म तथा कक्षा ११–१२ मा व्यवस्थापन र शिक्षा संकाय सञ्चालन गर्दै आएको छ। पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, खेलकुद, अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति तथा परामर्श सेवामार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विद्यालय निरन्तर समर्पित छ।
हाम्रो उद्देश्य र दृष्टि
उद्देश्य (Mission)
विद्यार्थीहरूलाई अनुशासित, सिर्जनशील, आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा विकास गर्न गुणस्तरीय, व्यवहारिक र समावेशी शिक्षा प्रदान गर्नु हाम्रो मिशन हो।
दृष्टि (Vision)
समुदायमै आधारित भएर आधुनिक, संस्कारयुक्त र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा स्थापित हुनु हाम्रो भिजन हो।
हाम्रो सिकाउने विधि
A structured approach designed to maximise learning outcomes.
विद्यार्थी केन्द्रित शिक्षण
विद्यार्थीको आवश्यकता, क्षमता र रुचिलाई ध्यानमा राखी सिकाइ प्रक्रिया अघि बढाइन्छ।
व्यवहारिक तथा प्रयोगात्मक सिकाइ
विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय र परियोजना कार्यमार्फत विद्यार्थीलाई व्यवहारिक ज्ञान दिइन्छ।
अनुशासन र संस्कारयुक्त शिक्षा
विद्यार्थीमा असल बानी, जिम्मेवारीबोध, समयपालना र नैतिक मूल्यको विकास गरिन्छ।
सहभागी सिकाइ वातावरण
समूहगत छलफल, प्रश्न–उत्तर, प्रस्तुतीकरण र सहकार्यमा आधारित सिकाइलाई प्राथमिकता दिइन्छ।
नियमित मूल्याङ्कन र परामर्श
विद्यार्थीको प्रगति नियमित रूपमा मूल्याङ्कन गरी आवश्यक मार्गदर्शन र परामर्श प्रदान गरिन्छ।
सर्वाङ्गीण विकासमा जोड
पढाइसँगै खेलकुद, संगीत, नृत्य, अतिरिक्त क्रियाकलाप र सामाजिक गतिविधिमार्फत विद्यार्थीको प्रतिभा विकास गरिन्छ।
हाम्रो नेतृत्व